(Translated into English)
Asika is a folk tradition current in the Central Himalayan region of Nepal and India anciently known as Manasa Khanda and Kedara Khanda. Though it was practiced in Kashmir, Himachal Pradesh, Garhwal and Kumaon, its influence in Doti and Kumaon is deeply felt where it has maintained its time honoured regional character.
The Manasa Khanda and Kedara Khanda region under reference is also known as the cradle of the Katyuri culture. The Katyuris ruled from Kartikeyapur in Garhwal, and once upon a time their territories also included Kailas-Manasarovar region. Thus, the eastern part of their kingdom was known as Manasa Khanda and the western Kedara Khanda.
People inhabiting the region under study have been practicing the Asika traditions for generations. The term Asika denotes ‘blessings’. In the region under study Asika is used for the term Asirvada (blessings), and the ritual songs sung to bestow/seek blessings are called Asika-gita. These are sung in different locations and on different auspicious occasions, notably, rituals, festivals, special worship of certain deities in certain specific chambers of the household, in temples, at sacrificial alters, etc., in accompaniment with ritual offerings such as abir (an auspicious magenta pigment), sandal, saffron, unbroken rice-seeds, flowers, naivedya (food offered to the deities), etc.
The Asika songs sung during the ritual occasion of applying tika (red pigment and unbroken seeds of rice-grain on the forehead) are of great importance in the context of ethnography. Usually these are sung by the person who applies the tika. The occasion displays code of customary dress and ornaments as well as societal solidarity and socio-ritual code defining relations between the elder and younger members, kinship-relations, friends, guests, etc.
The Asika songs, predominantly a female concern, unfold close cultural ties between Nepal and India.
मानस तथा केदार खण्डमा प्रचलित आसिक गीतः एक अध्ययन
नेपाल र भारतको मध्य हिमालयीय पर्वत मालामा अवस्थित प्राचीन मानस तथा केदार खण्ड भनिने विशाल सांस्कृतिक केन्द्रमा प्रचलित लोक गीत वा लोक मन्त्र आसिक हो । नेपालका काली–कर्णाली र भारतका कास्मिर, हिमाञ्चल प्रदेश, गढवाल तथा कुमाउँ क्षेत्र यसको परम्परा भएका मुख्य ठाउँ हुन् । यिनमा पनि डोटी र कुमाउँमा यस गीतको प्रयोग, प्रभाव र महŒव ज्यादा देखिन्छ । क्षेत्रीय वैशिष्ट्य बोक्दै लामो समयदेखि यस गीतले आप्mनो प्रभाव कायम गरेको छ ।
भारतीय उपमहाद्वीपको मध्योत्तर भूमि मानस र केदार खण्डका नामले पौराणिक कालदेखि प्रख्यात रहेको छ । यसलाई कत्युर सभ्यताको भूमि पनि भनिन्छ । गढवालको कार्तिकेय पुरलाई राजधानी बनाएर राज्य गर्ने प्राचीन शासकहरूबाट अधिशासित भएकोले यसलाई कत्युर तथा यहाँको सभ्यतालाई कत्युरी सभ्यता भनिएको हो । यिनै कत्युरीहरूको अधीनमा कुनै समय कैलास मानसरोवर क्षेत्र पनि रहेको थियो । यसको उत्तर पश्चिमी भाग मानस र पूर्वोत्तर भाग केदार खण्डका नामबाट प्रसिद्ध छ ।
आसिक शब्दले आशीर्वाद भन्ने अर्थ बुझाउ“छ । समीक्ष्य भूमिमा आशीर्वादलाई आसिक भनिन्छ । आशीर्वाद दिँदै गाइने भएकोले यसलाई आसिक गीत भनिएको हो । साइनोले आपूmभन्दा साना वा व्यावहारिक चलन अनुसार मङ्गल कामना ज्ञापन गरिने व्यक्तिलाई टीका लगाउ“दा, शुभेच्छा प्रकट गर्दा वा चाडबाडका विधिविधानको पालना गर्दा गाइने गीत आसिक हो ।
माथि भनिएको भू भागका बासिन्दाहरूमा पुस्तौँदेखि चली आएको चलन यो हो । आशीर्वाद दिने लिने विशेष पर्व वा अवसरका दिन पूजा कोठा, बैठक कोठा, अटाली, कुल देवताको भण्डार गृह, माडौँ वा मन्दिर, अनुष्ठान स्थल वा यज्ञ मण्डपमा हलेदो र स्वाग कुटेर पिठो पारिएको पिठायो अर्थात् स्थानीय अबीर, चन्दन, केशरी, अक्षता, पूmल र नैवेद्य सहितको पञ्च पाला वा सप्त पाला, आचमन सहितको जल भरिएको पञ्च पात्र, बलेको दियो, गणेशको मूर्ति, कलश र मौसम अनुसारका फल टीका लगाउने र टीका लगाइने व्यक्तिका बिचमा राखिएको हुन्छ । दिशा दोषको विचार गरी पूर्व वा दक्षिणतिर आसन निर्दिष्ट हुन्छ । वरिपरि परिवार जन, इष्टमित्र, आफन्त, बन्धुबान्धव र आगन्तुक बसेर वा उभिएर दर्शक बन्ने वा जेठो कान्छोको क्रममा आउने आफ्नो पालो कुर्दछन् ।
टीका लगाउ“दा पुरुषले टोपी र महिलाले घुम्टो धारण गर्नु पर्दछ । घरको मुख्य व्यक्ति, प्यारो, विशेष, आत्मीय, पुत्र, साख्खै दाजु वा भाइलाई टीका लगाउनु पर्ने भएमा निकै अभिरुचि टीका लगाउने व्यक्तिमा देखिन्छ । महŒवपूर्ण अवसरमा हुने प्रकट अप्रकट खुसी, सन्तोष र प्रसन्नताको अनुभूति उपस्थित सबैका अनुहारमा झल्केको हुन्छ ।
टीका लगाउनेको वात्सल्य, प्रेम वा आत्मीयता र टीका लगाइनेको भक्ति, स्नेह, श्रद्धा र निष्ठा दृश्य रूपमा साकार न भएर पनि अनुभवबाट बुझिने अवस्था प्रकट भएको हुन्छ । जेठोकान्छोको साइनो, ठुलोसानाको क्रम, मुख्य व्यक्ति र सामान्य व्यक्तिको परिचय, पारिवारिक आर्थिक अवस्था, परम्पराप्रतिको मोह, संस्कारजन्य व्यवहार तथा जिम्मेवारीप्रतिको सतर्कता पनि बु¤न सकिने स्थितिमा टीका लगाउने ठाउ“मा झल्किएको हुन्छ । स्वतः स्पष्ट भएर व्यक्त हुने र व्यक्त न भएर पनि अनुभव गर्न सकिने पृष्ठभूमिमा यो गीत टीका लगाउने व्यक्तिद्वारा गाइन्छ । गायनमा महिलाहरूको सक्रियता बढी देखिने यो गीत नेपाल र भारतको सांस्कृतिक सम्बन्ध, सान्निध्य एवं पृष्ठभूमि बताउने महत्त्वपूर्ण माध्यम पनि हो ।